`

सांसद माया राई पक्राउ परेको सदनलाई जानकारी

Nepal One HD १४ वैशाख २०८२ १३:५०
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सांसद माया राईलाई पक्राउ गरिएकोबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउ परेको जानकारी गराएकी हुन् । राईलाई स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको अनुसन्धानको लागि प्रहरीले शनिबार राति कपनस्थित घरबाटै पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंलेसंघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको थियो ।


प्रतिक्रिया