`

पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा अजय थापा नियुक्त

Nepal One HD १४ वैशाख २०८२ २३:३३
शिक्षा

पोखरा। पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा डाक्टर अजय थापा नियुक्त भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले आइतबार सहप्राध्यापक डा केसीलाई नियुक्त गरेका हुन् ।

थापा विश्वविद्यालय प्रशासन, शैक्षिक समन्वय र नीति निर्माण लगायतका क्षेत्रमा लामो अनुभव भएका व्यक्तिका रूपमा चिनिन्छन् ।

उनी यसअघि पोविविकै मानविकी तथा समाज विज्ञान संकायको डिन थिए । रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीको पदावधि सकिएपछि थापाले आइतबार उक्त जिम्मेवारी पाएका हुन् ।


प्रतिक्रिया