`

रविन्द्र मिश्रलाई थप पाँच दिन म्याद थप

Nepal One HD २१ वैशाख २०८२ २०:२३
अपराध

काठमाडौं । अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंले मिश्रलाई थप पाँच दिन थुनाम राख्न अनुमति दिएको हो ।

काठमाडौंको तीनकुनेमा चैत १५ भएको घटनामा संलग्न भएको आरोपमा मिश्रलाई पक्राउ गरेको थियो । मिश्रलाई रिहा गर्न दबाब बढेपनि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया