पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर १८ वर्षीय कुमारको मृत्यु

समाज

चितवन, २९ वैशाखः नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका—१७ का १८ वर्षीय कुमार नेपाली रहेका छन् ।
मझुवास्थित नदीमा डुबेर बेहोस भएका उहाँलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट