साम्बा कप्तान बनेपछि लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता

खेलकुद

काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले अग्रता दोब्बर बनाएको छ । एएफसी एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाली महिला टिमले लाओसविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको छ ।
नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले दोस्रो गोल गरिन् । कप्तान बनेपछि उनले पहिलो गोल गरेकी हुन् । यसअघि खेलको १२औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएकी थिइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट