एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

खेलकुद

काठमाडौँ, १५ असारः उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ । सावित्रा भण्डारी ‘साम्बा’ले कप्तानी गरेको खेलमा नेपालले पहिलो हाफमा लाओस विरुद्ध २–० गोलको अग्रता लिएको छ ।
नेपालका सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले एक एक गोल गरिन् । नेपालले खेलको सुरुआतमा नै अग्रता बनायो । खेलको १२औँ मिनेटमा अनिताले गोल गरिन् । सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि उनले गोल गरिन् ।
यस्तै खेलको ४४औँ मिनेटमा नेपालका लागि अनिताको क्रसमा सावित्राले गोल गरिन् । नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई आज आराम गर्न दिइएको छ । नेपाल रहेको ‘एफ’ मा लाओसका साथै उज्वेकिस्तान र श्रीलङ्का रहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट