पूर्व सांसद कँडेलको निधन

राजनीति

ढोरपाटन (बागलुङ), १५ असारः पूर्व सांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ । उहाँको ८७ वर्षको उमेरमा आज निधन भएको हो । चितवनदेखि काठमाडौँ उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले जानकारी दिनुभयो ।
विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका कँडेलका दुई छोरा र एक छोरी हुनुहुन्छ । कँडेल लामो समयदेखि मुटुको रोगबाट पीडित हुनुहुन्थ्यो ।
कँडेलले २०३७ सालदेखि २०४८ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको नेतृत्व गर्नुभएको थियो । हाल उहाँ जेष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट