`

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष कैद सजाय

Nepal One HD १६ असार २०८२ १९:३९
अपराध

काठमाडौं । विशेष अदालतले काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा ३ वर्ष ३ महिना कैद सजाय हुने फैसला सुनाएको छ । विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाले यसअघि नै दोषी ठहर गरेको मुद्दामा सोमबार सजाय र जरिवाना निर्धारण गरिएको हो ।

घुस र रिसवत लेनदेनमा बस्नेतसहित चार जनामाथि अख्तियारले मुद्दा चलाएको थियो । यस मुद्दामा कूल ९ करोड २२ लाख ४६ हजार बराबरको भ्रष्टाचार विशेष अदालतले प्रमाणित गरिदिएको छ । अदालतले बस्नेतलाई ८ वर्ष कैद सजाय तोकेको छ ।

थप ३ महिना कैद नगर प्रमुखको पदमा रहँदै अपराध गरेकोमा पनि तोकिएको छ । त्यसैगरि २ करोड ३० लाख ६१ हजार ५०८ जरिवाना पनि गरिएको छ । अदालतले चारै प्रतिवादीबाट बिगोबराबरको रकम जफत हुने फैसला सुनाएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)सम्बन्धी फैसला अनुसार बस्नेतले कूल १३ करोड १२ लाख ७३ हजार बराबरको शुद्धीकरण गरेको ठहर भएको छ ।

अदालतले यसमा ३ वर्ष कैद र विगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार जरिवाना तोकेको छ । ऐन अनुसार ३ महिना १८ दिन अतिरिक्त कैद पनि तोकिएको छ । अन्य कम्पनी र राजु प्रसाद कँडेलबाट जनही ९ लाख २२ हजार ४६० क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला भएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *