`

समिक्षा अधिकारीको ‘माइतीको दैलो’ सार्वजनिक

Nepal One HD १६ असार २०८२ २१:५२
भिडियो

काठमाडौं । यसबर्षको तीज पर्व नजिकिदै गर्दा तीज बिशेष गीतहरु सार्वजनिक हुनेक्रम बढिरहेको छ । कतिपय गीतहरु छायांकन भइरहेका छन् भने कतिपय गीत सार्वजनिक हुँदैछन् । यसैबिच लोकप्रिय गायिका समिक्षा अधिकारीको स्वरमा ‘माइतीको दैलो’ बोलको गीत सार्वजनिक गरिएको छ । जसमा समिक्षा सँगै मदन ढकाल, बिमला ढकाल र लक्ष्मी बस्नेतको स्वर रहेको छ ।

गीत मदन ढकालको प्रस्तुतीमा सार्वजनिक गरिएको हो । गायक मदनले यसबर्षको तीज नजिकिदै गर्दा सम्पूर्ण दिदीबहिनीका लागी कोसेली स्वरुप गीत सार्वजनिक गरेको जानकारी दिए । गीतमा मदनकै शब्द छन् भने घनश्याम खत्रीको संगीत रहेको छ । संगीत संयोजन अनमोल बस्नेतले गरेका छन् । मिक्सिङको काम बिमल छिनालले गरेका छन् ।

गोरखामा छायांकन गरिएको गीतको भिडिओमा मोडल उषा सुवेदीसँगै घनश्याम खत्री, बिनोद बिके, गीता परियार, मन्जु पाण्डेको अभिनय रहेको छ । मरुभूमि नारायणले खिचेको भिडिओलाई रोशन धितालले सम्पादन गरेका हुन् । भिडिओलाई गायक मदनले नै निर्देशन गरेका हुन् । भिडिओमा कथा पनि उनकै छ ।

भिडिओमा एक चेलीले आफ्नो श्रीमानको मृत्युपछिको अवस्थालाई माइतीमा सुनाएकी छिन् । भिडिओ टिएम म्युजिक प्रोडक्सन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *