नेपालले भुटानलाई दियो ३५९ रनको लक्ष्य

खेलकुद

काठमाडौं । एसीसी यु-१६ इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ ।
मलेसियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाएर ३५८ रन बनायो । नेपालका रौनक श्रीवास्तवले शतक बनाए ।
उनले एक सय ३२ बलमा एक सय ६८ रन बनाए । यस्तै जोय थापाले अविजित ६१, सिवान्स बजगाईँ ५४ र सुगम बूढाथोकीले ३५ रन बनाए । भुटानका सन्जय डोर्जीले तीन विकेट लिए ।
यस्तै तेन्जिन लोडे जमत्सोले एक विकेट लिए । भुटानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । सेमिफाइनलका खेल बिहीबार हुनेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिबार हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया