`

प्रधानमन्त्रीद्वारा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा‘नेशनल हाई पर्फमेन्स सेन्टर’ उद्घाटन

Nepal One HD २६ असार २०८२ १६:२६
खेलकुद

काठमाडौं । नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्थापित ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ औपचारिक रूपमा शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेशनल हाई पर्फमेन्स सेन्टरको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै संस्थागत विकासको थालनी भएको ६७ वर्षपछि नेपाली खेलकुद प्रविधिमैत्री बन्ने बाटोतर्फ अग्रसर भएको छ ।

त्यसक्रमममा प्रधानमन्त्री ओलीले नेशनल हाई पर्फमेन्स सेन्टरमा जडान गरिएका खेलकुदसँग सम्बन्धित प्राविधिक यन्त्रको बारेमा जानकारी पनि लिएका थिए । ‘नेशनल हाई पर्फमेन्स सेन्टर’को सञ्चालनपछि अब नेपाल खेलकुदको स्तरमा गुणात्मक सुधार आउने विश्वास गरिएको छ । नेपाली खेलाडीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सुधारिएको प्रदर्शन गर्ने आशा पनि गरिएको छ ।

यसअघि खेलाडीको प्रशिक्षण, छनोट, व्यवस्थित खानपिन, शारीरिक अभ्यास, प्रतियोगिता आयोजनाजस्ता सबै कुरा परम्परागत रूपमै सञ्चालन हुँदै आएका थियो ।

नेशनल हाई पर्फमेन्स सेन्टर सञ्चालनमा आएपछि अब खेलाडीको प्रशिक्षणदेखि लिएर छनोट प्रक्रियामा समेत प्रभावकारिता आउने खेलविज्ञहरूले अपेक्षा राखेका छन् ।

सेन्टरमा जडान गरिएका अत्याधुनिक यन्त्रमा एक्स बडी मेसिन, फोर्स फ्रेम, फोर्स डेस्क, एसभीटी मेसिन, ईएमजी इक्विपमेन्ट, ल्याक्टिक एसिड एनालाइजर, बीएफआर इक्विपमेन्ट, डाइनामो इक्विपमेन्ट, ह्युमन ट्र्याक इक्विपमेन्ट, भीओटु म्याक्स इक्विपमेन्ट, टाइमिङ गेट इक्विपमेन्टलगायत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *