`

क्यानले इस्ट जोन कप विजेता टोलीका खेलाडीलाई जनही ५० हजारसहित सम्मान गर्ने

Nepal One HD २७ असार २०८२ १३:२९
खेलकुद

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजारसहित सम्मान गर्ने भएको छ ।

यही असार २१ गते मलेसियमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जसमा सहभागी टोलीलाई क्यानले जनही ५० हजार प्रदान गर्ने क्यानद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

नेपालले त्यसअघि समूह चरणको खेलेको सबै खेल जितेको थियो । नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *