टी–२० विश्वकप छनोटका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

खेलकुद

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाएको छ ।
क्यानले रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रूपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहमद आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकार र अर्जुन घर्तीलाई क्याम्पमा बोलाएको हो ।
यो टोलीबाट छानिएका खेलाडीहरू समावेश भएको अन्तिम टोलीले एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट