`

नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलियो

Nepal One HD ३१ असार २०८२ १८:२२
खेलकुद

काठमाडौँ, ३१ असार: वर्षा बाधक बनेपछि नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलिएको छ । बङ्गलादेशको ढाकामा भारी वर्षा भएपछि यु-२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलिएको हो । उक्त खेल नेपाली समयअनुसार अब ७ः४५ बजे हुनेछ । त्यसअघि ६ः४५ बजे हुने तालिका थियो ।

नेपाल अङ्क तालिकाको दोेस्रो स्थानमा छ भने श्रीलङ्का अन्तिम स्थानमा छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भयो

त्यसैगरी श्रीलङ्का भने पहिलो जितको लक्ष्यमा छ । श्रीलङ्काले पहिलो खेलमा बङ्गलादेशसँग ९–१ को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो ।

प्रतियोगिताअन्तर्गत आजै बङ्गलादेश र भुटानबीचको पहिलो खेल पनि भारी वर्षाका कारण रोकिएको छ । उक्त खेल पहिलो हाफ सकिएपश्चात् सुरु हुन सकेको छैन । पहिलो हाफमा बङ्गलादेशले भुटानमाथि १–० गोलको अग्रता बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *