`

ठेकदार मनोज भेटवालमाथि जाहेरी दिने ‘मिटर ब्याज’ का नाइके बराल पक्राउ

Nepal One HD ३२ असार २०८२ १२:४४
समाचार

काठमाडौं । मिटर ब्याजका माध्यमबाट चर्को रकम असुली धन्दामा संलग्न राजकुमार बराललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सिन्धुली घर भएका राजकुमार बराललाई पक्राउ गरेको हो ।

बरालले धेरै व्यक्तिलाई महंगो ब्याजमा करोडौं लगानी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई अपराधिक लाभ मुद्दामा सोमबार डिल्लीबजारबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

बरालले केही समय अगाडि ठेकदार मनोज भेटवालविरुद्ध उजुरी दिएका थिए । सोही आधारमा भेटवाल पक्राउ परेका थिए।

पछि भेटवालले आफूलाई बरालले नै मिटरब्याजमा पैसा लगाएको बताउँदै मिटरब्याजको उजुरी दिएका थिए । भेटवाल भने छुटिसकेका छन् ।

बरालविरुद्ध प्रहरी र अदालतमा उजुरी र प्रमाण पुगे पनि शक्ति केन्द्रको संरक्षणका कारण उनी अहिलेसम्म उम्कँदै आएका थिए । बरालका गतिविधिमा संलग्न व्यक्तिहरूमा पूर्वप्रशासक, भूपू प्रहरी अधिकारी, राजनीतिज्ञहरू र कानुन व्यवसायीहरू समेत रहेको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *