पार्टी सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो: विद्या भण्डारी

बिशेष

काठमाडौं । नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन् ।
आइतबार पार्टी कार्यालय च्यासलमा भएको भेटपछि भण्डारीले सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले पार्टीको सदस्यता नवीकरण भइसकेको बताएकी हुन् ।
ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् ।
‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले पहिल्यै नवीकरण गरेको छु । बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ ।’
उनीहरूबीच करिब २ घण्टा एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट