`

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

Nepal One HD ७ साउन २०८२ ८:५५
समाज

भद्रपुर (झापा), ७ साउनः जिल्लामा गत आर्थिक वर्ष २०८१÷८२ (साउन–असार)मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त एक वर्षको अवधिमा कार्यालयमा उद्योगतर्फ पाँच सय ८१ र वाणिज्यतर्फ चार सय ९८ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ एक हजार छ सय नौ र वाणिज्यतर्फ एक हजार छ सय ६५ उद्योग नवीकरण गरिएको उहाँले बताउनुभयो ।

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा आव २०८१÷८२ मा उद्योगतर्फ तीन सय २४ र वाणिज्यतर्फ दुई सय ३७ गरी पाँच सय ६१ उद्योग खारेज हुँदा ५८ उद्योगको ठाउँसारी तथा एक सय ५२ उद्योगले उद्देश्य थपेका छन् । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताउनुभयो ।

विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्या भन्दा नयाँ थपिने उद्योगको सङ्ख्या बढ्दै गएको सूचना अधिकारी भट्टराईको भनाइ छ । उहाँका अनुसार कार्यालयले आव २०८१÷८२ मा विभिन्न शीर्षकमा रु दुई करोड ९१ लाख ५० हजार ९०० राजस्व सङ्कलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *