`

नेताहरुलाई पदमुक्त गरेको विषयमा आयोगले माग्यो राप्रपासँग जवाफ

Nepal One HD ७ साउन २०८२ १२:४२
प्रमुख खबर

काठमाडौँ । निर्वाचन आयोगले नेताहरुलाई पदमुक्त गरेको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग जानकारी माग गरेको छ । आयोगले राप्रपालाई पत्र लेख्दै सो विषयमा प्रष्ट पार्न भनेको राप्रपाका एक नेताले जानकारी दिए ।

लिङ्देनले अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई हटाएर उनको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेका थिए ।

त्यस्तै उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुन लावतीसमेतलाई पदमुक्त गरेका थिए ।

अनुशासन समितिका संयोजकमा सुवेदीलाई हटाएर कार्कीलाई नियुक्त गरेपछि असन्तुष्ट पक्ष लिङ्देनको निर्णय बदर माग गर्दै निर्वाचन आयोग पुगेका थिए । त्यसपछि आयोगले पत्र लेख्दै प्रस्ट पार्न भनेको हो ।  राप्रपाका कोषाध्यक्ष निलकण्ठ काफ्लेले आयोगले जानकारी माग गरेर पत्र पठाएको जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *