`

सेयरबजारमा समान्य वृद्धि, १८ अर्बको कारोबार

Nepal One HD ८ साउन २०८२ १५:५४
अर्थ समाचार

काठमाडौं । सातको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक झिनो अङ्कले बढेको छ । बिहिबार नेप्से परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर २९८२ दशमलव ६४ को बिन्दुमा कायम भएको हो ।

बुधवार मात्रै नेप्से परिसूचक ५ दशमलव १७ अङ्कले बढेर २९७८ लशमलव ८८ को बिन्दुमा बन्द भएको थियो ।

आज बजारमा ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयरको खरिदबिक्री हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहिबार सबैभन्दा बढी ग्रिन भेन्चर्स लिमिटेडका लगानीकर्ताहरूले नाफा कमाएका छन् । जहाँ ग्रिन भेन्चर्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ ।

त्यसै गरी आज सर्वाधिक नाफा कमाउनेमा ट्रेड टावर लिमिटेड, सान्पी इन्र्जी, स्वेट–गंगा हाइड्रोपवार एन्ड कन्स्ट्रक्सन लिमिटेड र हिमालयन हाइड्रोपावर रहेका छन् ।

कारोबारका आधारमा राधी विद्युत् कम्पनी ७७ करोड २१ लाख ४५ हजार रुपैयाँ बढीको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।

बिहीबार बजार पुँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ बढी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *