`

टेलिग्राम बन्द गर्ने सरकारको निर्णय रुसी दूतावासद्वारा अवज्ञा

Nepal One HD ८ साउन २०८२ १३:२४
विज्ञान-प्रविधि

काठमाडौं । सरकारले बन्द गराएको सामाजिक सञ्जाल टेलिग्राम काठमाडौंस्थित रुसी दूतावासले भने निरन्तर अपडेट गरिरहने जनाएको छ ।

नेपाल सरकारले टेलिग्राम एप बन्द गराए पनि दूतावासको आधिकारिक टेलिग्राम च्यानल निरन्तर चलिरहने भन्दै सूचना नै जारी भएको हो । ‘तर, नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र टेलिग्राम प्लेटफर्मलाई ब्लक गर्ने निर्णय गरेकाले हाम्रो एकाउन्टमा पहुँचमा अवरोध हुनसक्ने सम्भावना छ’, ‘हामी स्थिर सञ्चार कायम गर्न र अपडेटहरु वैकल्पिक माध्यममार्फत दिन पनि हरेक प्रयास गरिरहेका छौं ।’ दूतावासले भनेको छ,

सम्पत्ति शुद्धीकरण र अनलाइन ठगीका गतिविधिमा जोडिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले २ साउनमा सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो ।

त्यसपछि नेपालमा टेलिग्राम चल्न छाडेको छ । यस्तोमा काठमाडौंस्थित रुसी दूतावासले विकल्पका रुपमा रुसी सामाजिक सञ्जाल भीके प्रयोग गर्न समेत सुझाएको छ ।

भीके र टेलिग्राम दुवैका सञ्चालक एकै व्यक्ति हुन् । सन् २०१३ मा टेलिग्रामको स्थापना गर्नुअघि रुसी उद्यमी पावेल डुरोभले रुसको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल भिके स्थापना गरेका थिए ।

काठमाडौंस्थित दूतावासले अहिले टेलिग्राममा समेत निरन्तर अपडेट हुने भन्दै विकल्पका रुपमा भीकेसहित फेसबुक र इन्स्टाग्रामबाट समेत अपडेट लिन सकिने भनेको छ । नेपालमा प्रतिबन्ध लागेकाले टेलिग्राम अपडेट गर्न दूतावासका अधिकारीहरुले समेत भीपीएन प्रयोग गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *