`

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा वृद्धि, अन्य सूचकहरु कस्ता छन ?

Nepal One HD ८ साउन २०८२ १८:२१
अर्थ समाचार

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफा सामान्य बढेको छ। गत आर्थिक वर्षमा बैंकको खुद नाफा ६ दशमलव ५१ प्रतिशतले वृद्धि भएको बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले देखाएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष बैंकले ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ कमाएको छ । नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको खुद नाफा ६ दशमलव ५१ प्रतिशतले बढीको छ ।

यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ३८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो।

आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद ब्याज आम्दानी १ दशमलव ३६ प्रतिशत घटेर १ अर्ब ८८ करोड ९ लाखमा खुम्चएको छ । बैंकको कुल सञ्चालन आम्दानी ३ दशमलव ३९ प्रतिशत र सञ्चालन मुनाफा १० दशमलव ०६ प्रतिशत बढेको छ।

बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८० पैसा बढेर ११ रुपैयाँ ६४ पैसा, प्रतिशेयर आम्दानी ४० पैसा बढेर १५ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ।

बैंकको कुल ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी हुँदा जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *