`

अनुगमन स्थलमै कन्सल्टेन्सीलाई १ लाख जरिबाना

Nepal One HD ९ साउन २०८२ १६:५१
अर्थ समाचार

काठमाडौँ । नयाँ वानेश्वर स्थित एसएमएस कर्पोरेसन प्रालीलाई १ लाख रुपैयाँ जरिबाना गरिएको छ । बुधवार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त परामर्शदाता संस्थालाई १ लाख रुपैयाँ जरिबाना गरेको हो । 

विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट)  बमोजिमको कसुर र दफा ३९ को १(घ) बमोजिम अनुगमन स्थलमै १ लाख जरिबाना गरेको जनाएको छ । यसका साथै सोही दिन विभागले ब्रिज इन्टरनेशनल ग्रुपलाई पनि अनुगमन स्थलमै १ लाख रुपैयाँ जरिबाना गरेको हो । 

यसका साथै विभागले बाबा नेपाल एजुकेसन कन्सल्टेन्सी, इन्टरनेशनल टेस्ट सेन्टर, रोयल जापानिज ल्याग्वेज एन्ड कल्चर सेन्टर, फास्ट सोर्स एजुकेसन कन्सल्टेन्सी, नर्म एब्रोड स्टडी, ई–स्पोट नेपाल र महालक्ष्मी कम्प्युटर प्रालीलाई विभागले तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *