`

संविधानमा व्यवस्था गरेअनुरुप काम गर्न ढिला भयोः अध्यक्ष दाहाल

Nepal One HD ८ साउन २०८२ २१:३१
प्रमुख खबर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि देशमा उल्लेख्य प्रगति भए पनि संविधानले व्यवस्था गरेका मौलिक हकलाई कार्यान्वयन गर्नबाट राजनीतिक नेतृत्व चुकेको बताउनुभएको छ ।

‘नेपाल खबर डट कम’को १०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विशेष परिसंवादमा अध्यक्ष दाहालले अब संविधानको परिमार्जन गर्ने समय आएको बताउनुभयो ।

“आर्थिक सूचक राम्रा छन् भनिएका बेला दैनिक हजारौँको सङ्ख्यामा युवा पलायन हुनु र देशले कुनैबेला निर्यात गर्ने खाद्य वस्तु अहिले अर्बौं रुपैयाँमा आयात हुने अवस्था किन आयो भन्ने विषयमा गम्भीर हुनुपर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले सुशासन कायम गर्नु देशको सर्वाधिक ठूलो चुनौती भएको उल्लेख गर्दै भ्रष्टाचारका कारण पनि नकारात्मक भाष्य फैलाउनलाई सहयोग पुगेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले माओवादी केन्द्रलाई अहिले पनि निजी क्षेत्र विरोधी शक्तिका रूपमा लिने गरिएको जिकिर गर्दै आफूले भने शान्ति प्रक्रियामा आएदेखि नै निजी क्षेत्रको अपरिहार्यताबारे बोल्ने गरेको र पदमा रहेका बेला निजी क्षेत्रसँग सर्वाधिक समय छलफल गरेको बताउनुभयो । “उदारवादले मात्र न्याय गर्दैन भनेका हौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले सन् १९९० को तुलनामा मुलुकले मानव विकासका विभिन्न सूचकमा अभूतपूर्व फड्को मारेको उल्लेख गर्दै त्यसलाई जनतासम्म पु¥याउनु र तैपनि जनता निराश हुनुका कारणलाई सुक्ष्म ढङ्गले केलाएर सम्बोधन गर्नु सबै राजनीतिक शक्तिको कर्तव्य भएको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *