`

मलाई कुनै पदको लोभलालच छैन, राजनीतिको सेवा गर्नु मुख्य उद्देश्य हो: भण्डारी

Nepal One HD ९ साउन २०८२ १६:३१
राजनीति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्त्वाकांक्षा र आशक्ति नभएको बताएकी छिन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले देशको सर्वोच्च पद राष्ट्रपतिको जिम्मेवारीमा पुगेको भन्दै पदको लोभ नभएको स्पष्ट पारेकी हुन्।

उनले भनिन्, ‘जिम्मेवारी पूरा गरेकैले राष्ट्रपतिमा निर्वाचित भएको हुँ। बाँकी जीवन देश र जनताको सेवामा लाग्न समर्पित भएको हुँ। ममा कुननै लोभ छैन। किन कि मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर आफ्नो नाम लेखिसकेको छु। राजनीतिमा सेवा गर्ने, समृद्धिलाई अघि बढाउनु नै मेरो उद्देश्य हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *