`

एक साता नबित्दै दोस्रो पटक राष्ट्र बैङ्कले बजारबाट ५० अर्ब तान्दै 

Nepal One HD ११ साउन २०८२ १२:२१
अर्थ समाचार

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दोस्रो पटक निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले साउनमा दोस्रो पटक निक्षेप सङ्कलन उपकरण जारी गरेको हो । 

आइतबार केन्द्रीय बैङ्कले २८ दिनको लागि ५० अर्ब रुपैयाँको निक्षेप सङ्कलन गर्न लागेको हो । जसको बोलकबोल आइतबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ । 

गत बुधवार मात्रै राष्ट्र बैङ्कले ८० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गरेको थियो । एक साता नबित्दै राष्ट्र बैंकले आज ५० अर्बको निक्षेप संकलन उपकरण जारी गरेको हो ।

आइतबार ३ बजेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । 
उपकरणको ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ भने, सावाँ तथा ब्याज भुक्तानी भदौ ८ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *