`

बालकुमारीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

Nepal One HD १० साउन २०८२ १८:५८
समाज

काठमाडौँ । ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार ललितपुर महानगरपालिका-१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४ ख २४७७ नं को मिनी ट्रकको ठक्करबाट आज दिउँसो पैदल यात्री अन्दाजी २३ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतकको परिचय खुलेको छैन । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता घिमिरेले बताए ।

यता काठमाडौँ महानगरपालिका-२९ भद्रकालीस्थित सडकमा बा ७५प १९४४ नं को स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक ललितपुर महानगरपालिका-१५ सातदोबाटो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका-४ का ३८ वर्षीय रामकृष्ण बजगाईँको मृत्यु भएको छ ।

शुक्रबार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको नम्बर खुलेको छैन । चालकको खोजी जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *