`

१८ अङ्कले घट्यो नेप्से, २६ अर्बको कारोबार

Nepal One HD ११ साउन २०८२ १५:५९
अर्थ समाचार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर २९६४ दशमलव २० को बिन्दुमा कायम भएको हो । यस दिन बजारमा ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयरको खरिदबिक्री हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर २९८२ दशमलव ६४ को बिन्दुमा बन्द भएको थियो ।

आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावरका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । कारोबारका आधारमा भने सिभम सिमेन्टस १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।

आइतबार बजार पुँजीकरण ४९ खर्ब ४६ अर्ब रुपैयाँ बढी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *