`

कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : सिटौला

Nepal One HD ११ साउन २०८२ १३:३९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दशैंअघि महाधिवेशन नहुने बताए ।‘महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ अहिले हुँदैन ।’

उनले कांग्रेसको महाधिवेशन नवौँदेखि आजसम्म पाँच वर्षमै भएको भन्दै अब १५ औँ महाधिवेशन पनि पाँच वर्षमै हुने बताए ।

‘चार वर्षको कार्यकालमा १ वर्ष म्याद थप्न पाइन्छ । चार वर्ष अबको मङ्सिरमा पुरा हुन्छ । अहिलेसम्म क्रियाशील सदस्यता टुंगिसकेको छैन त्यसका लागि असोज मसान्त तोकेका छौ’, सिटौलाले भने, ‘८३ को मङ्सिरभन्दा उता लैजानुहुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *