सुदूरपश्चिममा २ मन्त्रीको गाडी एकआपसमा ठोक्किएपछि…

समाचार

काठमाडौं। सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार छुट्टाछुट्टै दुई गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ।
कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा आज भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएका हुन् ।
भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले ठक्कर दिएको हो। दुर्घटना लम्कीमा भएको प्रहरीले जनाएको छ ।
दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । गाडीमा भने क्षति पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया