आजपनि बजारबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट २५ अर्ब खिच्न लागेको छ । रोष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण जारी गर्दै बजारबाट ४२ दिनको लागि २५ अर्ब खिच्न लागेको हो ।
आज बुधबार नै निक्षेत्र संकलन उपकरणको बोलकबोल आजै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ ।
साउन सुरु भएपछि राष्ट्र बैंकले तेस्रो पटक निक्षेप संकलन उपकरण जारी गरेको हो । गत बुधवार मात्रै राष्ट्र बैङ्कले ८० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गरेको थियो । भने आइतबार ५० अर्बको उपकरण जारी गरेको थियो ।
राष्ट्र बैंकका अनुसार बुधबार ३ बजेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।
उपकरणको ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ भने, सावाँ तथा ब्याज भुक्तानी भदौ २५ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण जारी गर्दै आएको छ ।