`

नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने

Nepal One HD १५ साउन २०८२ १५:१३
खेलकुद

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप–२०२६ को छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म छनोट प्रतियोगिता नेपालमा हुने जनाएको हो ।

महिला क्रिकेटमा यो नेपालमा आयोजना हुने सबैभन्दा ठूलो प्रतियोगिता हो ।

२०२६ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप  छनोट खेलका लागि १० टोली सहभागी हुनेछन्। उत्कृष्ट ४ टोली विश्वकपमा छनोट हुनेछन्।

बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्‍वालिफायरका लागि स्वतः छनोट भएका छन्।

एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् । नेपालले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो । उता अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ।

बाँकी रहेको ५ स्थानका लागि अफ्रिका स्थानका लागि अफ्रिका र युरोपबाट २ टोली छनोट हुनेछन् भने पूर्वी एसिया प्रसान्त क्षेत्रबाट एक टोली छनोट हुनेछ।

नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ।

छनोट खेलको तालिका पछि सार्वजनिक गर्ने आईसीसीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *