बीपी राजमार्ग पुनः स्थापना गर्न २.८ अर्ब येन जापानी सहयात लिइने

अर्थ समाचार

काठमाडौं । नेपालले बिपी राजमार्ग अन्तर्गत सिन्धुली सडकको आपतकालीन पुनः स्थापनाको लागि जापान सरकारबाट २.८ अर्ब जापानी येन अनुदान सहायता लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीले क्षतिग्रस्त सन्धुली सडकको आपतकालीन पुनः स्थापनाको लागि जापान सरकारबाट २.८ अर्ब जापानी येन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
गत साल असोज दोस्रो साता आएको बाढीले बिपी राजमार्गलाई क्षतिग्रस्त बनाएको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग अर्थात् जाइकाले २६ अर्ब येन खर्च गरेर धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर सडक निर्माण गरेको हो ।
जापान सरकारको आर्थिक सहयोग निर्माण गरिएको बीपी राजमार्गमा २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट