`

राष्ट्रिय युवा संघद्वारा १ महिने बृहत् रक्तदान अभियानको शुभारम्भ

Nepal One HD १५ साउन २०८२ १६:५९
समाचार

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको आयोजनामा १ महिने बृहत् रक्तदान अभियानको शुभारम्भ भएको छ ।

साउन १५ गते खिर खाने दिनको अवसर पारेर राष्ट्रिय युवा संघले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रमलाई अझै भव्य बनाउन एक महिने बृहत् रक्तदान अभियानको शुभारम्भ गरेको हो ।

राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेको नेतृत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, प्रदिप ज्ञावली तथा युवा संघका इन्चार्ज राजीव पहारी , युवा संघका पदाधिकारीहरुलगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उपस्थित व्यक्तिहरुले खिर खाएसँगै रक्तदान गरेर यो कार्यक्रमलाई झनै उत्साहपूर्ण बनाएका छन् । युवा संघले यस अघि पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ । यो कार्यक्रम एक महिनाभरि चल्ने युवासंघले जनाएको छ ।

तस्बिरहरु :-

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *