`

रसुवामा बाढी पहिरोको बिमा कम्पनीमा ८४ करोड भन्दा बढी दाबी 

Nepal One HD १८ साउन २०८२ १५:३४
अर्थ समाचार

काठमाडौं ।  रसुवामा गएको बाढीले पुर्‍याएको क्षतिको ८४ करोडको बिमा दाबी परेको छ । गत असार २३ गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको बिमा कम्पनीहरूमा ८४ करोडभन्दा बढीको दाबी परेको हो । 

हालसम्म बाढीका कारण क्षति भएका सम्पत्तिको बिमा बापत व्यवसायीले ८४ करोड ८४ लाख रुपैयाँ बिमा दाबी गरेको बिमा प्राधिकरणले जनाएको छ । 

हालसम्म ७३ वटा कुल दाबी सङ्ख्यामा ६ वटा सम्पत्ति बिमा दाबी परेको छ भने, ९ वटा सामुद्रिक, ४ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम, ४० वटा मोटर९सार्वजनिक० र १४ वटा निजी मोटर बिमा दाबी गरिएको छ । 

प्राधिकरणका अनुसार सबैभन्दा धेरै सम्पत्ति बिमाको माग दाबी परेको छ । सम्पत्ति बिमा बापत बिमा कम्पनीमा ५८ करोड १ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ । त्यस्तै, सामुन्द्रिक बिमामा १६ करोड २५ लाख, इन्जिनियरिङ तथा ठेक्का बिमामा १६ करोड, मोटर बिमा ९सार्वजनिक०मा २ करोड ९८ लाख र निजी मोटरमा २ करोड १४ लाख रुपैयाँ बराबरको दाबी परेको छ । 

कुन इन्स्योरेन्स कम्पनीमा कति बिमा दाबी रु 
सबैभन्दा बढी हिमालयन एभेष्टमा इन्स्योरेन्समा ५५ करोड रुपैयाँ बिमा दाबी गरिएको छ । हिमालयनमा २ वटा मात्रै दाबी परेको छ । 

त्यस्तै, शिखर इन्स्योरेन्समा १६ करोड ९६ लाख बराबरको १५ वटा बिमा दाबी परेको छ । 


त्यसै गरी, नेको इन्स्योरेन्समा ५ करोड १२ लाख बराबरको ३ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख रुपैयाँ बराबरको २ वटा, नेपाल इन्स्योरेन्स १ करोड ६३ लाख बराबारको १४ वटा, युनाइटेड अजोडमा ९१ लाख बराबारको ३ वटा, आईजीआई प्रुडेन्सियलमा ७५ लाख बराबरको ९ वटा, सानिमा जीआज्ईसीमा ७५ लाख बराबरको ६ वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख बरबाबरको ६ वटा, सिद्धार्थ प्रिमियममा ३१ लाख बराबरको  ७ वटा र प्रभु इन्स्योरेन्समा २८ लाख बराबरको ६ वटा दाबी परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *