`

खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान

Nepal One HD १७ साउन २०८२ १८:४८
समाचार

तनहुँ, १७ साउनः खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ ।

आर्थिक वर्ष २०८०/२०८१ को जेठदेखि २०८१/२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई रु एक करोड २९ लाख ६७ हजार रकम वितरण गरेको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिनुभयो । गत वर्षको जेठ र असारको भुक्तानी भने चालु आवमा दिइने उहाँले बताउनुभयो ।

गतवर्षदेखि उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको कार्यालय प्रमुख खनालले बताउनुभयो । रु २५ हजारसम्मको विद्युत् महसूलमा पूरै र सोभन्दा माथि प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको उहाँले बताउनुभयो ।

यहाँ रु २५ हजारदेखि चालिस हजारसम्म ७५ प्रतिशत, रु ४० हजारदेखि ६० हजारसम्म ५०, रु ६० हजारदेखि ८० हजारसम्म २५ र रु ८० हजारदेखि रु एक लाखसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी दिने गरिएको छ ।

“उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने छ”, उहाँले भन्नुभयो, “छ÷छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *