`

रवीन्द्र ढाँटले जिते एमएफएनको उपाधि, प्रधानमन्त्रीले दिए बधाई

Nepal One HD १८ साउन २०८२ ८:४८
खेलकुद

काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्। भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै उनले च्याम्पियनसिप टाइटल जितेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले फेसबुकमा बभाइ दिदै लेखेका छन् – ‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ। पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई।’

यो जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्।यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ भने उनले कोरेनको पाँच खेलको जित यात्रा तोडेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *