`

इतिहास रचेर नेपाल फर्किए बझाङका रवीन्द्र ढाट

Nepal One HD १९ साउन २०८२ १८:२२
खेलकुद

काठमाडौँ । भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट ९एमएफए० १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाट स्वदेश फर्किएका छन् । उनी सोमबार साँझ विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्, रवीन्द्रको स्वागतमा दर्जनौं समर्थक विमानस्थल पुगेका थिए ।

ढाट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए ।

आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच लडाइँको जितको श्रृंखलालाई भंग गरिदिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *