भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय : प्रधानमन्त्री

प्रमुख खबर

आवाजा (तुर्कमेनिस्तान), २० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताउनुभएको छ ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक ‘साइड इभेन्ट’मा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताउनुभयो ।
“तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो”, उहाँले भन्नुभयो, “यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इञ्जिन बनाऔँ भन्ने आह्वान हो ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट