`

नेपाल आइपुगे काठमाडौं गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई

Nepal One HD २२ साउन २०८२ १६:१०
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टीम काठमाडौं गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई नेपाल आइपुगेका छन् ।

एनपीएल अक्सन र अन्य तयारीका लागि प्रशिक्षक मोन्टी बिहीबार नेपाल आइपुगेका हुन् । दोस्रो सस्करणको एनपिएलको अक्सन आउँदो शनिबार हुँदैछ ।

मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टीमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो ।

करण केसी मार्की प्लेयर रहेको काठमाडौंले दोस्रो संस्करणमा भीम सार्की, शाहब अलाम, दिपेश कँडेल, रशिद खान र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *