क्रिकेट टिमको जर्सीमा नासा बन्यो मुख्य प्रायोजक, वार्षिक दुई करोड ३६ लाखको सम्झौता

खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
आइतबार काठमाडौँमा एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान) र मुख्य प्रायोजक नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता भएसँगै नयाँ जर्सी सार्वजनिक गरिएको हो। जर्सीको अगाडि नासा सेक्युरिटिज लेखिएको छ।
क्यानका सचिव पारस खड्काले जर्सी प्रायोजकमा नासासँग तीन वर्षको सम्झौता भएको जनाए । यस्तै, खड्काले सम्झौताअनुसार क्यानलाई वार्षिक रूपमा दुई करोड ३६ लाख रुपैयाँ प्रदान गर्ने बताए ।
जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो। टेन्डरमा विभिन्न कम्पनीहरूले आवेदन भरे पनि प्रायोजक
सेक्युरिटीजले हात पारेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट