`

नेपाल उत्तर कोरियासँग पराजित

Nepal One HD २५ साउन २०८२ १८:२४
खेलकुद

काठमाडौँ, २५ साउन: नेपाल साविक विजेता उत्तर कोरियासँग पराजित भएको छ । योसँगै एफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम तथा निर्णायक खेलमा उत्तर कोरियासँग नेपाल ११–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै अर्को वर्ष थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२० एसियन कपमा स्थान बनाउने नेपालको सम्भावना समाप्त भएको छ ।

यस जितसँगै कोरियाले तीन खेलमा ९ अङ्क जोड्दै एसियन कपमा स्थान बनाएको छ । आजको खेलमा कोरियाले पहिलो हाफमा पाँच गोल ग¥यो भने खेलको दोस्रो हाफमा छ गोल थप्यो ।

उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० ले हराएको थियो भने दोस्रो खेलमा भुटानलाई १०–० गोलले पराजित गरेको थियो ।

हारसँगै नेपाल तीन खेलमा चार अङ्क जोड्दै प्रतियोगिताको यात्राबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो भने साउदी अरेबियाविरुद्धको दोस्रो खेलमा १–० ले जित हासिल गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *