नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य


काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी २० सिरिज अन्तर्गत आफ्नो पाँचौ म्याचमा नेपालले मेलबर्न रिनेगेट्स एकेडेमीसमक्ष १४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो इनिङमा ९ विकेट गुमाएर १३९ रन जोडेको हो ।
डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिएका छन् । उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाएका हुन् ।
त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२-१२ रन बनाए ।
बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई-दुई विकेट लिए । मेलबर्न रेनेगेड्स एकेडेमी अहिले जबाफी ब्याटिङमा उत्रेको छ ।