`

रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

Nepal One HD ४ भदौ २०८२ १६:२८
राजनीति

काठमाडौँ ।  माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न आज नख्खु कारागार जाने भएका छन्।

उनी आज साँझ ६ बजे नख्खु कारागार जान लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

सहकारी ठगी प्रकरणमा लामिछाने पूपक्षका लागि नख्खु कारागारमा छन्। उनी यसअघि रूपन्देही कारागारमा थिए। गत शनिबार मात्रै उनलाई नख्खु कारागार ल्याईएको हो ।

गत चैत २५ गतेदेखि उनी बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *