साफ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

खेलकुद

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ।
भुटानको थिम्पुस्थित चाङिलमिथाङ रंगशालामा आज भएको खेलमा भारतसँग नेपाल ७-० गोलअन्तरले पराजित भएको हो। भारतले खेलको पहिलो हाफमा पाँच गोल गर्यो भने दोस्रो हाफमा दुई गोल थप्यो।
भारतको जितमा अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई/दुई गोल गरे भने जुलन नोन्गमाइथिमले एक गोल थपिन्।
डबल राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न चार टोलीले सहभागिता जनाएका छन्। जसमा आयोजक भुटानसहित नेपाल भारत र बङ्गलादेश छन्। अब नेपालले शुक्रबार भुटानसँग खेल्नेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट