`

इयुको भिटोमाथि हङ्गेरीलाई दबाब दिन ट्रम्पलाई जेलेन्स्कीको आग्रह

Nepal One HD ५ भदौ २०८२ १६:३९
विश्व

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार डोनाल्ड ट्रम्पसँगको भेटमा अमेरिकी नेतालाई युरोपेली सङ्घ ९इयु० मा सामेल हुन किएभको प्रयासमा हङ्गेरीलाई भिटो हटाउन दबाब दिन आग्रह गरेको बताएका छन् ।

सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेको केही दिनपछि युक्रेनले इयुमा प्रवेशका लागि आवेदन दिएको थियो, तर हङ्गेरीका राष्ट्रवादी प्रधानमन्त्री भिक्टर ओर्बनले लगाएको भिटोका कारण वार्ता अघि बढ्न सकेन ।

“मैले राष्ट्रपति ट्रम्पलाई बुडापेस्टले इयुमा हाम्रो प्रवेश रोक्न हुँदैन भनेर सोधेँ”, जेलेन्स्कीले बिहीबार एएफपीसहित पत्रकारहरूलाई जारी गरेको टिप्पणीमा भनेका छन्, “राष्ट्रपति ट्रम्पले आफ्नो टोलीले यसमा काम गर्ने वाचा गर्नुभएको छ ।”

इयुमा मस्कोको नजिकको सहयोगी हङ्गेरीले युक्रेनको प्रवेशले सुरक्षा जोखिम निम्त्याउने र युद्धको बेला देशलाई स्वीकार गर्दा बुडापेस्टलाई रुससँगको द्वन्द्वमा तान्ने बताएको छ ।

युक्रेनले हङ्गेरीको चिन्ता आधारहीन रहेको जनाएको छ ।

“युक्रेन इयुमा सामेल हुन चाहन्छ भन्ने कुरा पूर्णतया उचित छ।

यो हाम्रो सार्वभौम अधिकार हो”, जेलेन्स्कीले भनेका छन् ।

युद्ध सुरु भएदेखि दुई देशबीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ ।

ओर्बनले युक्रेनलाई सैन्य सहायता पठाउन अस्वीकार गरेको छ । यद्यपि युद्धग्रस्त देशमा इयुको सहायताको केही भाग अवरुद्ध भएको छ ।

जुलाईमा हङ्गेरीले युक्रेनमा सैन्य भर्तीकर्ताहरूले कथित रूपमा आक्रमण गरेपछि एक जातीय हङ्गेरी व्यक्तिको मृत्यु भएको दाबी गरेपछि युक्रेनका राजदूतलाई बोलाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *