`

पाकिस्तानको जेलबाट १३० जना अफगानी कैदी मुक्त

Nepal One HD ५ भदौ २०८२ १६:४५
विश्व

गत हप्ता पाकिस्तानी जेलबाट कुल एक सय ३१ जना अफगान कैदी रिहा भएका र सुरक्षित रूपमा अफगानिस्तान फर्केका शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

मुक्त गरिएका कैदीहरू पाकिस्तानका विभिन्न जेलमा राखिएका थिए । सीमामा सहायता प्राप्त गरेपछि उनीहरूलाई आफ्ना गृह प्रान्तमा लगिएको बताइएको छ ।

यो रिहाइ लामो समयदेखि जारी व्यापक प्रवृत्तिको हिस्सा हो । जुलाईको अन्त्यमा मन्त्रालयको रिपोर्ट अनुसार गत वर्ष पाकिस्तान र इरानको जेलबाट नौ हजार नौ सय ५१ अफगान नागरिक स्वदेश फर्केका थिए ।

जुलाईमा विदेश मन्त्रालयले जनाए अनुसार हाल १० हजारभन्दा बढी अफगान नागरिक विदेशमा बन्दी रहेका छन् । तीमध्ये मुख्यतया इरान र पाकिस्तानमा बन्दी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *