`

नयाँदिल्लीको सडकमा बेवारिसे कुकुरहरूलाई छाड्न भारतीय सर्वोच्च अदालतको आदेश

Nepal One HD ६ भदौ २०८२ १४:४४
विश्व

भारतको सर्वोच्च अदालतले नसबन्दी र खोप लगाएपछि नयाँदिल्लीका सडकबाट हटाइएका सबै बेवारिसे कुकुरहरूलाई पुनः छाड्न आदेश दिएको छ ।

अदालतले शुक्रबार दिएको यो आदेशले पहिलेको निर्णयलाई परिमार्जन गर्दै कुकुरहरूलाई हटाइएका स्थानमै फिर्ता पठाउनुपर्ने भनेको छ । साथै, राजधानीभरि तोकिएका खाने स्थानहरू बनाउनुपर्ने उल्लेख गरिएको छ ।

पशु अधिकारकर्मी र कार्यकर्ताहरूले अगस्ट ११ मा अदालतले दिएको स्थायी आश्रयमा राख्ने आदेशविरुद्ध अपिल दायर गरेका थिए ।

नयाँदिल्लीका सडकमा घुम्ने धेरै कुकुरहरू हानिरहित भए पनि, टोक्ने घटनाहरू बढ्दै गएको कारण अदालतले यस्तो आदेश दिएको हो । विशेषगरी बालबालिकाहरू संलग्न हुने घटनाले चिन्ता बढाएको छ । अस्पतालका तथ्याङ्कअनुसार, नयाँदिल्लीमा दैनिक करिब दुई हजार जनालाई कुकुरले टोक्ने गरेको अनुमान गरिएको छ ।

कुकुरको टोकाइबाट सर्ने रेबिज एक भाइरसका कारण हुन्छ, जसले केन्द्रीय स्नायु प्रणालीलाई असर गर्छ र उपचार नगरे मृत्यु हुनसक्छ ।

अदालतको शुक्रबारको आदेशअनुसार, कुकुरहरूलाई उनीहरूलाई हटाइएका स्थानमै छोडिनुपर्नेछ र राजधानीभरि तोकिएका खाने ठाउँहरू बनाउनुपर्नेछ । तर, यो आदेश रेबिज सङ्क्रमित वा आक्रामक व्यवहार देखाउने कुकुरहरूमा लागू हुनेछैन ।

नयाँदिल्लीमा बेवारिसे कुकुरहरूको सङ्ख्या पाँच लाखदेखि १० लाखको बीचमा रहेको अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *