`

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

Nepal One HD ६ भदौ २०८२ १७:३५
विश्व

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन्। सरकारी खर्च दुरुपयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

उनी सन् २०२३ को सेप्टेम्बरमा आफ्नी श्रीमती मैत्री विक्रमसिंघेको दीक्षान्तमा सहभागी हुन बेलायत गएका थिए। उक्त भ्रमणका क्रममा उनले सरकारी खर्चको दुरुपयोग गरेको आरोप लागेको छ।

प्रहरीका अनुसार उनलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गरिँदै छ। उनीमाथि सरकारी स्रोत व्यक्तिगत प्रयोजनमा खर्च गरेको अभियोगमा मुद्दा दर्ता गरिने प्रहरीको भनाइ छ।

पूर्वराष्ट्रपति विक्रमसिंघे सन् २०२३ को सेप्टेम्बरमा हवानामा सम्पन्न विकासशील राष्ट्रहरूको सम्मेलनमा भाग लिएपछि फर्कंदै गर्दा बेलायतको गएका थिए।

विक्रमसिंघेले उक्त यात्रा व्यक्तिगत भएको र पत्नीका सम्पूर्ण खर्चहरू निजी स्रोतबाट व्यहोरेको दाबी गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *