कोशराज रेग्मी पत्रकारिता पुरस्कार कोइरालालाई

समाचार

मोरङ । कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८२ नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालालाई प्रदान गरिएको छ ।
पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङले आज यहाँ आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले रु २५ हजारसहित कोइरालालाई सम्मान गरेका छन्। त्यस अवसरमा सभामुख विष्टले कोशी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश सञ्चार प्रतिष्ठान विधेयक पत्रकारहरुको हितका लागि भएको बताएका छन् ।
यसअघि उक्त पुरस्कार महासङ्घका पूर्वअध्यक्षहरु हरिहर विरही, विष्णु निष्ठुरी र धर्मेन्द्र झाले प्राप्त गर्नु गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट