वीरगञ्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

समाचार

काठमाडौं। वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ ।
ती कार्यका लागि घुम्ती सवारीसाधनसहितको टोली परिचालन गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ ।
विभागका महानिर्देशक रामकुमार श्रेष्ठले हैजा रोगको सङ्क्रमण पुष्टि भएका क्षेत्रमा खानेपानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्रीसहितको टोली खटिएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको जानकारी दिए ।
उनले भने, ‘हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै सवारी साधनसहितको घुम्ती टोली खटाएका छौँ । पानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट